२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

चीनले भन्यो- अमेरिकाले लगाएको २४५ प्रतिशत कर अर्थहीन

चीनले बिहीबार अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको बताएको छ ।  


चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनबाट आउने केही वस्तुमा अमेरिकाले लगाएको २४५ प्रतिशत कर अब आर्थिकरूपमा अर्थहीन भएको बताएका छन् । 



ह्वाइट हाउसले १५ अप्रिलमा आफ्नो वेबसाइटमा धारा २३२ को अनुसन्धानको बारेमा एक तथ्य पत्र जारी गर्दै ‘चीनले आफ्नो प्रतिरोधात्मक कार्यको परिणामस्वरूप संयुक्त राज्य अमेरिकामा आयातमा २४५ प्रतिशतसम्म करको सामना गरिरहेको’ जनाएको छ ।

एक सान्दर्भिक प्रश्नको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘संयुक्त राज्य अमेरिकाले चीनमाथि कर वृद्धि गर्नु एक सङ्ख्याको खेल बनेको छ, जसले आर्थिकरूपमा अब धेरै वास्तविक फरक पार्दैन तर अमेरिकाले कसरी अरूलाई जबरजस्ती र धम्काउन करलाई  हतियार बनाउँछ भन्ने देखाउँछ,’ उनले भने, ‘चीन व्यापार युद्ध चाहँदैन तर हामी उनीहरूसँग पनि डराएका छैनौँ । आधारहीन अतिरिक्त कर र व्यापार युद्धले कुनै पनि मुलुक विजेता हुँदैनन् ।’    





  • प्रकाशित मिति : ४ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया