ब्राजिलको कप्तानबाट नेमार हटाइए

ब्राजिल– ब्राजिलियन फुटबल संघ (सिबिएफ)ले कप्तान नेमारलाई पदबाट हटाएको छ । नेमारलाई हटाउँदै उनको ठाउँमा कोपा अमेरिकाका लागि डिफेन्डर डानी अल्भेजईलाई कप्तानमा ल्याइएको छ । 

ब्रजिलको घरेलु मैदानमा ४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता सुरु हुन करिब दुई साताको समय बाँकी छ । सो खेलमा डानिएल अल्भेजले कतार र होण्डुरोसविरुद्धको मैत्रीपूर्ण खेल र कोपा अमेरिकामा ब्राजिलको कप्तानी गर्नेछन् । 

अल्भेजले पछिल्लो पटक सन् २०१८ मार्चमा जर्मनीविरुद्ध ब्राजिलको कप्तानी सम्हालेका थिए । रसियामा गत वर्ष भएको विश्वकपको केही महिनापछि प्रशिक्षक टिटेले नेमारलाई स्थायी कप्तान चयन गरेका थिए । 

कोपा अमेरिका २०१९ आगामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजलिमै आयोजना हुँदै छ। आठपटकको च्याम्पियन ब्राजिलले सन् २००७ यता उपाधि जित्न सकेको छैन ।





  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार १५:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया