मंगलबार सेयर बजार घटेको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको बजारले आजपनि सही क्रमलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक ९.९६ अंक घटेर २६८८.३२ विन्दुमा ओर्लियो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.९१ अंक घट्दा फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ बर्अ ७७ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१९ स्टकको ७१ हजार ६९४ पटकको कारोबारमा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँबराबरको २ करोड २५ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।