पश्चिम बंगालमा ममताको पार्टीबाट धमाधम भाजपामा प्रवेश गर्दै

एजेन्सी– भारतका अधिकांश ठाउँमा भारतीय जनता पार्टी (भाजपा)ले राम्रो प्रदर्शन गरेपछि पार्टी प्रवेश गर्ने नेताहरुको संख्या बढ्दो छ । भाजपाले यसपटक लामो समयदेखि तृणमुल कांग्रेसको प्रभावमा रहेको पश्चिम बंगालमा पनि निकै राम्रो प्रदर्शन गरेको थियो । 

त्यसैले पश्चिम बंगालमा ममता बनर्जीको पार्टी तृणमुल कांग्रेस तथा सिपिआई छोडेर भाजपामा प्रवेश गर्नेहरुको संख्या बढेको छ । मंगलबारमात्र पश्चिम बंगालमा तृणमुलका दुई र सिपिआईका एक विधायक तथा ६० पार्षद भाजपामा प्रवेश गरेका छन् ।

भाजपाले लोकसभा निर्वाचनमा पश्चिम बंगालमा १८ सिटमा जित हासिल गरेको छ । यसअघिको निर्वाचनमा सन् २०१४ मा भाजपाले दुई सिटमा मात्र जितेको थियो । 
यसपटकको जितपछि पश्चिम बंगालमा विधायकहरु नयाँ दिल्ली पुगेर भाजपामा प्रवेश गरेका हुन् ।
 





  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार २१:४१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया