सुनको मूल्य तोलामा सात हजार ५०० रुपैयाँले घटेको छ । मंगलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदी प्रतितोला पाँचले घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।