१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

सेयर बजार राताम्य, कारोबार पनि घट्यो

बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । लगाता चौथो दिन बजार राताम्य भएको हो । 


आज नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा ओर्लिएको छ ।  त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अंक घटेको छ।



यसअघि मंगलबार नेप्से ९.९६ अंकले घटेको नेप्से सोमबार ७.७५ अंकले घटेको थियो । त्यस्तै यो साताको कारोबारको पहिलो दिन आइतबार नेप्से १६.६८ अंकले घटेको थियो ।

आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब ३२ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०८ स्टकको ६४ हजार १४० पटकको कारोबारमा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँबराबरको १ करोड ८४ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।  





  • प्रकाशित मिति : १० वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया