१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

पूँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार : अर्थमन्त्री पौडेल
फाइल तस्बिर

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्चमा देखिएको कमजोरीको मुख्य जिम्मेवारी सम्बन्धित मन्त्रालयहरूमै जाने स्पष्ट पारेका छन् ।


बुधबार अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयको काम स्रोत व्यवस्थापन र सहजीकरणसम्म सीमित हुने बताए । तर, बजेट कार्यान्वयन तथा खर्च प्रगतिका लागि सम्बन्धित मन्त्रालय सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।



‘अहिलेसम्म सम्पूर्ण पूँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयमै आएको जस्तो देखिन्छ,’ मन्त्री पौडेलले भने, ‘तर, विनियोजित बजेट कार्यान्वयन गर्ने जिम्मा सम्बन्धित मन्त्रालयहरूको हो ।’

उनले बेरुजु फर्स्यौट, वैदेशिक लगानी प्रवाहलाई सहजीकरण, पुँजी परिचालन, प्रविधिको प्रयोग र सेवा प्रवाहमा सुधार गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।



बैठकमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङ्गानाले हालका आर्थिक तथा मौद्रिक परिसूचकले अर्थतन्त्र बिस्तारै लयमा फर्कँदै गएको जनाउँदै वित्तीय स्थायित्वमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिन् ।   



  • प्रकाशित मिति : १० वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया