साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से बिहीबार भने बढेर बन्द भएको हो।
आज नेप्से परिसूचक २.०८ अंक बढेर २६५८.०२ विन्दुमा पुग्यो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.२३ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंक बढेको हो ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा आज भने ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ९७ लाख ५४ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।