Wed, 03 Jun, 2020


अमेरिका, बेलायत, अष्ट्रेलियालगायतका देशकाे ३ हजार मेट्रिक टन फाेहाेर फिर्ता पठाउँदै छ मलेसिया
फरकधार / जेठ १५, २०७६

क्वाललम्पुर– ‘मलेसिया अब धनी देशका लागि डम्पिङ ग्राउन्ड हुनेछैन।’ मलेसियाकी वातावरण मन्त्री ए बी इन भन्छिन् ‘अमेरिका बेलायत क्यानडा र अष्ट्रेलियासहित अन्य धेरै देशकाे तीन हजार मेट्रिक टन प्लास्टिक फाेहाेर फिर्ता पठाइनेछ । यसमा रिसाइकिलसमेत नहुने प्लास्टिकका टुक्राहरु रहेका छन् ।’



वातावरण मन्त्रीका अनुसार मलेसियामा अवैध तरिकाले फाेहाेर भरिएका ६० कन्टेनर ल्याइएकाे छ, जसमध्ये १० वटालाई दुई हप्ताभित्र फिर्ता पठाइनेछ ।

यी फाेहाेरका कन्टेनरमा बेलायतकाे केबल्स, अष्ट्रेलियाकाे दुधका काटुर्न, बंगलादेशबाट पठाइएकाे कम्प्याक्ट डिस्क समावेश छ । पत्रकारलाई अमेरिका, क्यानडा, जापान, साउदी अरब र चीनका इलेक्ट्राेनिक र घरेलु अपशिष्ट पदार्थ देखाइएकाे थियाे  । 

यसभन्दा अगाडि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले पनि क्यानडालाई फाेहाेर फिर्ता लैजान चेतावनी दिएका थिए । उनले क्यानडाले आफ्नाे फाेहाेर फिर्ता नलिए युद्ध गर्ने बताएका थिए । 

२०१३ र २०१४ मा क्यानडाले रिसाइकलिंगका लागि फाेहाेरका कन्टेनर फिलिपिन्स पठाएकाे थियाे । फिलिपिन्सले ति कन्टेनरमा विषालु फाेहाेर भएकाे भन्दै क्यानडालाई फिर्ता लैजान भनेकाे थियाे । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्