राजधानीको सडकमा चैत २० देखि आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न सरकारले फेरि आह्वान गरेको छ। नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षक आन्दोलन साम्य पार्न संवादको बाटो रोज्ने भनेका छन् ।
मन्त्री पन्तले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघलाई वार्ताका लागि औपचारिक निम्तो दिएका हुन् । ‘विधेयक संसदमा प्रस्तुत हुने, छलफल र स्वीकृत हुने प्रक्रिया विधायकी र कानूनी व्यवस्था भित्र पर्छ,’ मन्त्री पन्तको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद र छलफल गर्दै समाधान खोज्ने प्रयत्नमा सरकार अग्रसर रहनेछ।’
तीन सातादेखि काठमाडौंमा जारी आन्दोलनमा सयौं शिक्षकले सहभागिता जनाउँदै आएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।