राजसंस्था पुनःस्थापनाको माग गर्दै आन्दोलनरत जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरूको अभियान सफल बनाएरै छाड्ने दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको झडपका विषयमा सत्यतथ्य छानबिनको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा सुवेदीले यस्तो बताएका हुन् ।
‘यो आन्दोलन सस्तो नारा होइन, जनताको अभिमतसहित अगाडि बढेको छ,’ उनले भने, ‘राजसंस्था फर्काउने हाम्रो अभियान सफल भएरै छाड्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।