२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

आर्थिक मन्दीको जोखिमबीच रुसको प्रमुख ऋण लागत दर दुई दशकयताकै उच्च

बढ्दो मुद्रास्फितिसँग जुध्न रुसको केन्द्रीय बैङ्कले दुई दशकयताकै उच्च २१ प्रतिशत ब्याजदर शुक्रबार कायम गरेको छ ।


युक्रेन द्वन्द्वका कारण सरकारी खर्च बढेको र कामदारको अभाव देखिएकोले मूल्य वृद्धिमा तीव्रता आएको हो । 



केन्द्रीय बैङ्कले ऋण प्रवाह कमजोर रहेको स्वीकार गर्दै मुद्रास्फीति अझै १० प्रतिशतभन्दा माथि रहेको जनाएको छ ।

रुसको मुद्रास्फीति लक्ष्य चार प्रतिशत भए पनि सन् २०२५ मा औसत सात–आठ प्रतिशत हुने र सन् २०२६ मा मात्रै लक्ष्यमा पुग्ने अनुमान गरिएको छ ।



राष्ट्रपति भ्लादिमिर पुटिनले हालको आर्थिक अवस्था ‘सफ्ट ल्यान्डिङ’ भएको बताउँदै मुद्रास्फीति नियन्त्रणमा उल्लेखनीय प्रयास भइरहेको बताएका छन् ।

तर अर्थशास्त्रीहरूले तेलको मूल्यमा गिरावट, उच्च ब्याजदर र उत्पादनमा मन्दी आउँदा आर्थिक गतिविधि सुस्त हुने चेतावनी दिएका छन् ।



  • प्रकाशित मिति : १२ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया