धनुषाको लक्ष्मीनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेका छन् ।
हिजो लिङ्देनले संसद बैठकमा नेपाली कांग्रेसका छोराले भाटभटेनीमा लुटपाट गरेको भन्दै अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै शनिबार (आज) नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मीनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुतलासमेत जलाएका हुन् ।
लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारबाहीको गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन् । लिङ्देनले उनको अभिव्यक्तिप्रति माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।