पर्सामा आठ वर्षीय बालकको अपहरणपछि हत्या, भाग्न खाेज्ने अपहरणकारी पक्राउ

काठमाडौं– एक भारतीयको संलग्नतामा पर्सामा एक आठ वर्षीय बालकको अपहरण गरेर हत्या गरेका छन् । बालक अपहरणमा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोली प्रहार गरि उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

भारत बिहारका विकास शर्मा, बारा कलैयाका सिकेन्द्र शाह र कलैयाका रामविनेश शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार १० जेठमा अपहरणमा परेका बालकको शव त्यही साँझ भेटिएको थियो । प्रहरीका अनुसार अपहरणकारीले परिवारसँग ३० लाख फिरौती माग गरेका थिए । बालकको परिवारले पाँच लाख दिने सहमति गरे पनि त्यही रात बालकको हत्या भएको हुनसक्ने अनुमान छ । 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार ११:१०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया