२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

कांग्रेस सांसद राई पक्राउबारे प्रहरीले दियो संसदलाई जानकारी

सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसदलाई जानकारी दिएको छ । 


आइतबार नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा (भद्रकाली काठमाडौं)ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो । 



स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राईलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीको पत्रमा उल्लेख गरिएको छ । 

राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले सभामुखलाई जानकारी दिएको छ । सांसद राई शनिबार बेलुका काठमाडौंको कपनबाट पक्राउ परेकी थिइन् । 





  • प्रकाशित मिति : १४ वैशाख, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया