नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार टाउको लुकाएर बसेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुःखद भएको बताएका हुन् ।
उनले भने, ‘लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखद हो । शिक्षकले पनि आफ्नो दायित्व बुझ्न जरुरी छ । सरकारको निर्णयबाट पूरा हुने माग तत्काल र निश्चित समय सीमाभित्र ऐन जारी गर्ने प्रतिबद्धता संविधानसँग जोडिएका विषय संशोधनमा प्राथमिकता दिने गरी सहमतिबाट तत्काल समाधान निकालियोस् । नत्र यसको गम्भीर परिणामको जिम्मेवार सरकार नै हुनेछ ।’
साथै उनले शिक्षकले पनि आफ्नो दायित्व बुझ्नुपर्ने बताए । उनले सरकारको निर्णयबाट पूरा हुने माग तत्काल पूरा गर्ने र निश्चित समय सीमामा ऐन जारी गर्ने गरी सहमतिमार्फत निकास निकाल्न आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।