१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

एमाले सांसद गिरीको आरोप- राजनीतिक स्वार्थको लागि शिक्षकलाई उत्तेजित बनाइयो

नेकपा एमालेका सांसद पदम गिरीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागिएको बताएका छन् । 


आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जिम्मेवार तहमा रहेका व्यक्तिहरूले शिक्षकहरू विशुद्ध पेसागत हितको माग लिएर आन्दोलनमा आए पनि त्यसो हुन नदिएको बताएका हुन् । 



उनले भने, ‘आज शिक्षकहरू लामो समयदेखि आन्दोलनमा छन् । विद्यार्थीहरूले शिक्षण संस्थामा भर्ना हुन पाएका छैनन् । कक्षा १२ को परीक्षा सञ्चालन हुन सकिरहेको छैन । हिजो सरकारको नेतृत्वमा आफू रहने । आफै बसेर शिक्षकसँग वार्ता र सहमति गर्ने । अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने । तर अहिले सारा शिक्षाभित्रका समस्याहरू वर्तमान सरकारले गर्दा आएको हो । वर्तमान प्रधानमन्त्रीले गर्दा भएको हो भन्ने गरी जनतामा भ्रम पार्ने काम भइरहेका छन् । यो बिलकुल गलत हो ।’ 

यसअघि एउटा कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक आन्दोलन नछाड्न शिक्षकहरूलाई आग्रह गरेका थिए । प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै सांसद गिरीले शिक्षकहरूलाई गलत बाटोमा हिँडाउनका लागि उत्प्रेरित गरेको बताए ।





  • प्रकाशित मिति : १४ वैशाख, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया