शिक्षकहरूमाथि सरकारले आइतबार गरेको दमनपछि चौतर्फी विरोध उठेको छ ।
२६ दिनदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनमा रहेका शिक्षकमाथि आइतबार नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेको थियो ।
शिक्षक महासंघसँग सरकारले गम्भीरतापूर्वक वार्ता नगरी दमनको कदम चालेपछि सत्तारुढ दलका नेताहरूसमेत विरोधमा उत्रिएका छन् ।
कांग्रेस नेता एवं सांसद डा. चन्द्र भण्डारीले मातातीर्थ औँसीका दिन शिक्षकमाथि भएको बल प्रयोगलाई निन्दनीय भनेका छन् ।
‘कमी कमजोरी हामी सबैका छन् । समयमै शिक्षकका माग सामाजिक सम्मानका सम्बोधन हुनुपर्थ्यो । जुन कुरा संसदीय समितिमा पटक पटक उठेको पनि हो’, उनले भने, ‘सबै पक्ष सहमत पनि हुनुहुन्थ्यो । अहिले म बिछ्यौनामा छु । बिन्ती छ, सरकारसँग शिक्षकलाई आन्दोलनको मैदानबाट हटाउने माध्यम संवाद नै हो बल प्रयोग होइन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।