१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतङ्कबाट पीडित रहँदै आएको बताएका छन् ।


लोसपाको जनकपुरधामस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरङ्कुश राणा शासन तथा राजतन्त्रको आतङ्कबाट पहिलेदेखि नै गुजरीसकेको बताएका हुन् । 



यद्यपि उनले राजतन्त्र समाप्त भएपछि पनि मधेसी जनता राज्यको आतङ्कबाट पीडित रहँदै आएको भन्दै हामी सबै आतङ्कवाद विरुद्धको लडाइँमा एक हुनु आवश्यक रहेको बताए । भारतको कश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको चर्चा गर्दै उनले मधेसी जनता अहिले पनि आतङ्कबाट मुक्ति पाउन नसकेको बताए । 

उनले धर्म र जातको आधारमा ताकेर निर्दोष पर्यटकहरूलाई आतंकवादीहरुले हत्या गरेकोमा आक्रोश व्यक्त गरे । ठाकुरले नेपालमा पनि धर्म र जातको बाजा बजाउनेहरू बजाइरहेको र यसले नेपाललाई कल्याण नगर्ने बताए । 



उनले भने,‘नेपालमा पनि हिन्दु राष्ट्रको माग उठिरहेको छ, हिन्दु राष्ट्र बनाउनु ठूलो कुरो होइन तर के हिन्दु राष्ट्र बनाउँदैमा पशुपतिनाथको लड्डु आफै घर–घरमा पुग्छ र ?’

नेपालमा विभिन्न धर्म र जातका व्यक्तिहरू बसोबास गर्छन् सबैको विकास भए मात्रै नेपालको विकास सम्भव रहेको उनले बताए । उनले कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्ताहरूलाई पार्टीलाई सुदृढ बनाउने अभियानमा समेत लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।



  • प्रकाशित मिति : १५ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया