७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

आन्दोलनले दबाबमा सरकार, आज साँझ डाकियो मन्त्रिपरिषद् बैठक
फाइल तस्बिर


सरकारको रणनीतिक निर्णयहरू तय गर्न मन्त्रिपरिषद्को बैठक आज साँझ साढे ६ बजेका लागि बोलाइएको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रममाथि विस्तृत छलफल हुने तयारी भएको छ।

वैशाख १९ गते सार्वजनिक गरिन लागिएको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिन मन्त्रिपरिषद् गम्भीर छलफलमा जुट्न लागेको हो । त्यससँगै, चर्किरहेको शिक्षक आन्दोलन बारे पनि छलफल हुनेछ । 



हाल काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ शिक्षा ऐनको माग गर्दै सरकारी विद्यालयहरूको शैक्षिक गतिविधि ठप्प पारेका छन्। भर्ना अभियानदेखि एसइईको उत्तर पुस्तिका परीक्षणसमेत प्रभावित बनेको छ । यस्तो अवस्थामा सरकारलाई आन्दोलन सम्बोधन गर्ने दबाब तीव्र बनेको छ।

त्यस्तै, आन्दोलनरत आवासीय चिकित्सकहरूले आकस्मिकबाहेक सम्पूर्ण सेवा ठप्प पारेका छन् । शुक्रबारदेखि उनीहरूको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित बनाएको छ, जसले सरकारलाई थप चुनौती थपेको छ।



त्यस्तै नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषय पनि बैठकको एजेन्डामा राखिएको छ। आर्थिक स्थायित्वका लागि उपयुक्त नेतृत्व चयन गर्नु सरकारका लागि अर्को संवेदनशील निर्णय बन्ने देखिन्छ।

आजको मन्त्रिपरिषद् बैठक यी सबै जटिल परिस्थितिहरूको बीचमा सरकारको भावी दिशा निर्धारण गर्न गम्भीर छलफल हुने बताइएको छ ।  



  • प्रकाशित मिति : १५ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया