२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

क्यानडाको संघीय निर्वाचनमा ट्रम्प नीतिका कारण मत परिणाम उथलपुथल हुने संकेत

आर्थिक अनिश्चितता र संयुक्त राज्य अमेरिकासँग बढेको तनावका कारण क्यानडाको संघीय चुनावको मत परिणाममा परिवर्तन हुने देखिएको छ ।

चुनावमा हालका प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको लिबरल पार्टी, मुख्य विपक्षी कन्जर्भेटिभ पार्टी आफ्नो अस्तित्व जोगाउने कसरतमा छन् । अन्य पार्टीहरुले पनि सोही अनुसारको गतिविधि गरेकाले परिणाममा ठूलै उथलपुथल हुने अनुमान गरिएको छ । 



वर्षको सुरुमा, पियरे पोइलिभ्रेको नेतृत्वमा रहेको कन्जरभेटिभहरूले सर्वेक्षणमा बीस अंकभन्दा बढीको अग्रता लिएका थिए । तर अमेरिकी व्यापार विवादको बीचमा जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै मार्क कार्नीले लिबरल पार्टीलाई अब जित्ने सम्भावना देखिएको छ । यद्यपि पछिल्ला सर्वेक्षणहरूले प्रतिस्पर्धा कडा हुने देखिएको छ ।

टोरन्टो मेट्रोपोलिटन युनिभर्सिटीका डेमोक्रेटिक इन्गेजमेन्ट एक्सचेन्जका निर्देशक जोन बीबेले क्यानडामा अभूतपूर्व चुनाव हुने अनुमान गरिन् । ‘विगत केही महिनामा हामीले देखेको जस्तो छिटो र नाटकीय रूपमा एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको भाग्य कहिल्यै उल्टिएको छैन। यो एक अभूतपूर्व चुनाव हो, किनकि हामी अभूतपूर्व समयमा बाँचिरहेका छौं,’ बीबेले भनिन् ।



मतदाताहरूले कन्जरभेटिभ वा लिबरल दुवै पक्षमा आफ्नो समर्थन बढाउँदै जाँदा क्यानडाका अन्य प्रमुख दलहरूको समर्थन घट्दै गएको सर्वेक्षणहरूले देखाएका छन् । संयुक्त राज्य अमेरिकासँगको ट्यारिफ विवाद र क्यानडाको सार्वभौमिकतामाथि बढ्दो चिन्ताको पृष्ठभूमिमा परिणाम फरक पर्ने अनुमान गरिएको छ ।

ट्रम्पले क्यानाडामाथि आर्थिक दबाब बढाएका बेला र उनले क्यानाडालाई अमेरिकाको ५१ औँ प्रान्त बनाउने विचारसमेत अनेकौं पटक सार्वजनिक रूपमा व्यक्त गरेकाले त्यसको प्रभाव चुनावमा पर्ने निश्चित देखिएको छ ।  ट्रम्पको अभिव्यक्तिे क्यानाडाको राजनीतिमा राष्ट्रियतावादी भावनालाई बलियो बनाइदिएको छ।

क्यानाडामा आज अर्थात अप्रिल २८ मा ३४३ संसद छनौट गर्न देशभरी एकैसाथ संघीय संसद हाउस अफ कमन्सको चुनाव भइरहेको छ । 



  • प्रकाशित मिति : १५ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया