२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

स्वर्णिम वाग्लेको माग- रवीन्द्र मिश्रको तुरुन्तै रिहाइ गरियोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रको रिहाइको माग गरेका छन् । 

सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्, ‘नेता रवीन्द्र मिश्रमाथि राज्यविरुद्धको अपराधजस्तो अनपेक्षित र अवाञ्छित अभियोग सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै हो । सरकारले विवेक देखाई तुरुन्तै रिहा गरोस् भन्ने माग गर्दछु ।’



रवीन्द्र र आफ्नो सम्बन्ध दाजुभाइको जस्तो स्नेहपूर्ण भएको बताउँदै उनले रवीन्द्रको देशभक्ति, आर्थिक इमानदारी, परोपकारिता र मिलनसारिताजस्ता गुणको प्रशंसा पनि गरेका छन् । 

गत चैतमा तीनकुनेमा भएको राजावादीको आन्दोलनलाई भड्काएको भन्दै अहिले रवीन्द्र प्रहरी हिरासतमा छन् ।  





  • प्रकाशित मिति : १५ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया