राजसंस्था पुनर्स्थापना समिति संयोजक नवराज सुवेदीले तीनकुने घटनालाई सरकारको योजनाबद्ध कदम भएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित राप्रपा नेपालको कार्यक्रममा सम्बोधन गर्दै सुवेदीले १५ चैतको घटना पूर्वनियोजित भएको दाबी गरे ।
‘अत्याचारी सरकारको योजना अन्तर्गत तीनकुनेमा घटना घटाइयो,’ सुवेदीले भने, ‘कार्यक्रम सुरु हुनुअघि राष्ट्रिय गान बजिरहेको बेला गोली र अश्रुग्यास प्रहार गरियो । हामीमाथि जर्बजस्ती दमन गरेर राजावादीलाई बदनाम गराउने प्रयास गरिएको थियो ।’
उनले पछिल्ला दिनमा शिक्षक आन्दोलनमा देखिएको राज्यको व्यवहारले सरकारले कसरी विभेदकारी नीति अपनाएको स्पष्ट भएको टिप्पणी पनि गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।