१ माघ, २०८२ बिहीबार
Jan. 15, 2026

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेट, के भयो कुराकानी ?

पूर्वप्रधानमन्त्री र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

डा. भट्टराई, जो प्रगतिशील नेपाली समाजको अधिवेशनमा सहभागी हुन शुक्रबार भारत पुगेका थिए, सोमबार भारतीय रक्षामन्त्रीसँग भेटघाट गरेका हुन् ।



भेटका क्रममा दुवै नेताबीच नेपाल र भारतका बीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउनका लागि सकारात्मक छलफल भएको भट्टराईको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विशेष ध्यान दुई देश बीचको आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने र त्यसलाई थप प्रभावकारी बनाउनका लागि छलफल भएको थियो ।



त्यसैगरी, भारतको कश्मीर क्षेत्रको पहलगाममा भएको आतंकवादी हमलाबारे डा. भट्टराईले गम्भीर दुःख व्यक्त गर्दै उक्त घटनाको कडा भर्त्सना गरेका छन् । 



  • प्रकाशित मिति : १५ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया