नवीन पटनायक लगातार ५ औं पटक ओडिशाकाे मुख्यमन्त्री

नवीन पटनायक फेरि एकपटक ओडिशाकाे मुख्यमन्त्री बनेका छन् । राजधानी भुवनेश्वरमा आयाेजित एक सार्वजनिक समाराेहमा उनलाई राज्यपाल गणेशी लालले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराएका छन् । 

याेसहित नवीन पटनायक लगातार पाँचपटक ओडिशाकाे मुख्यमन्त्री बनेका छन् । 

उनका २० जना मन्त्रीमध्ये करिब आधा मन्त्रीहरु पहिलाेपटक मन्त्री बनेका छन् । उनीभन्दा पहिला दुई जना व्यक्तिमात्र पाँचपटक सम्म मुख्य मन्त्री बनेका छन् । जसमा पश्चिम बंगालमा ज्याेति बसु र सिक्किममा पवन चामलिंग । 

नवीन पटनायकले १९९७ मा पिता बिजु पटनायककाे निधन भएपछि राजनीतिमा कदम राखेका थिए । एक वर्षपछि उनले पिताकाे नाममा बीजु जनता दल स्थापना गरे । यसपछि विधानसभा चुनावमा जितेपछि भाजपासँग मिलेर सरकार बनाएर पहिलाेपटक मुख्यमन्त्री बने । पछि उनी भाजपाबाट अलग भए । 

 ओडिशामा लाेकसभा चुनावका साथै विधानसभाकाे पनि चुनाव भएकाे थियाे । जसमा बीजु जनता दलले शानदार जित हासिल गरेकाे थियाे । प्रधानमन्त्री नरेन्द्र माेदीले ओडिशाकाे मुख्यमन्त्री पदकाे शपथ लिएका नवीनलाई शुभकामना दिएका छन् । 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १४:७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया