७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

राजेन्द्र लिङ्देनको आह्वान : देशभक्त र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिऔँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरङ्कुशता हाबी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपा बाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन्  ।

सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले अहिले सिङ्गो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको भन्दै सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार रहेको बताए । 



उनले भने,‘अहिले प्रजातन्त्रको नाममा लोकतन्त्रको नाममा देशमा लुटतन्त्र, निरङ्कुशता हाबी भइरहेको छ । त्यसको अन्त्यको लागि हामी बाहेक देशमा कोही विकल्प र शक्ति छैन । अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ । त्यस कारण सबै देशभक्ति साथीलाई आग्रह गर्न चाहन्छु । सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बसौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ ।’ 

त्यस्तै उनले अहिले भ्रष्टाचार, कुशासनले आज देश आक्रान्त भएको भन्दै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको बताए । यस्तो अवस्थामा देशको अस्मिताको रक्षाको लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन आवश्यक रहेको उनको भनाई छ । 



उनले भने,‘देश हाम्रो समयकै सबैभन्दा अप्ठ्यारो अवस्थामा छ । भ्रष्टाचार कुशासनले आज देश आक्रान्त छ । त्यति मात्र होइन, हाम्रो भविष्यका सन्ततिको समेत भविष्य अन्यौंल बनेको छ । यस्तो अवस्थामा देशको अस्मिताको रक्षाको लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन आवश्यक छ । ’

लोकतन्त्रका ,मानव अधिकारका कुरा गर्नेहरूले चैत्र १५ गते लोकतन्त्र र मानव अधिकारको खिल्ली उडाएको उनको भनाई छ ।  



  • प्रकाशित मिति : १५ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया