७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

राजेन्द्र लिङ्देनको प्रशंसा गर्दै कमल थापाले भने- राष्ट्रवादीहरू एक ढिक्का बन्नै पर्छ
‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कानुन बनाए देशमा आगो बल्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आवश्यक प्रबन्ध मिलाएर केही समयको निमित्त भए पनि राष्ट्रवादीहरू एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन् । 

सोमबार सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले राजावादीको विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने उनको भनाइ छ । 



उनले भने,‘एकातर्फ राजसंस्था पुनः स्थापनाका लागि एकदमै अनुकूल वातावरण अर्कोतर्फ हाम्रो विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला पनि यदि हामी एक ठाउँमा उभिन सकेनौँ भने इतिहासले सराप्ने छ । राजसंस्था पुनः स्थापनाका लागि एकदमै अनुकूल वातावरण त्यसैले केही समयको निमित्त भए पनि एक ढिक्का भएर अगाडि बढौँ ।’ 

उनले राजनीतिक आरोह अवरोहमा विभिन्न घटना–दुर्घटना भए पनि अहिलेको घडीले राजेन्द्र लिङ्देनको सक्रिय सहभागिता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको बताए ।
 
उनले भने,‘नवराज सुवेदी कुनै स्वार्थ नभएर अब राजनीतिक जीवनको अन्तिम चरणमा पुग्नुभएको व्यक्ति यो अभियानलाई संयोजन गर्नको लागि अग्रसर भएर आउनुभएको छ । जेजस्तो भए पनि एउटा विशिष्ट परिस्थितिमा संयोजक भएर आउनुभएको छ । आवश्यक प्रबन्ध मिलाएर सबै एकजुट भएर मलाई सार्वजनिक रूपमा भन्दा कत्ति पनि आपत्ति हुँदैन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मेरो अत्यन्तै प्रिय भाइ हो । राजनीतिक आरोह अवरोहमा विभिन्न घटना–दुर्घटना भए होला, अहिलेको घडीले उहाँको सक्रिय सहभागिता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको छ ।’



थापाले सरकारले हिन्दु राष्ट्र राजतन्त्रको आवाज उठायो भने सङ्घर्ष गर्‍यो भने वा धर्मनिरपेक्ष गणतन्त्रको विरोधमा आवाज उठायो भने २५ वर्षसम्म जेल सजाय र १० लाख रुपैयाँ जरिवाना गर्ने गरी कानुन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाए । सरकारको यस्तो काम कुनै पनि हालतमा सफल हुन नदिने चेतावनी दिँदै उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कानुन बनाएका देशमा आगो बल्ने बताए  । 



  • प्रकाशित मिति : १५ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया