नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भए पनि नेतृत्व र पदाधिकारी मौन रहेको बताएका छन् ।
बीपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा आयोजित पुस्तक लोकार्पण र विचार गोष्ठीमा उनले भ्रातृ संस्थाहरू लथालिङ्ग भएको र पार्टी सञ्चालनमा गम्भीर समस्या देखिएको बताए ।
‘महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्व मौन छ, यसरी त पार्टी र मुलुक दुवै चल्दैन,’ उनले भने । कोइरालाले जनतालाई को प्रधानमन्त्री वा मन्त्री बन्ने भन्दा भ्रष्टाचार रोक्नमा चासो रहेको पनि प्रष्ट पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।