२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

कोरियाको डि-४ भिसाका लागि एनओसी रोक्ने निर्णय तत्काल बदर गर्न केक्यानको माग

कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) ले डि–४ भिसाका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) रोक्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय तत्काल बदर गर्न माग गरेको छ ।

बिहीबार विज्ञप्ति गर्दै संघले संविधानले प्रदत्त उच्च शिक्षा अध्ययनको मौलिक अधिकार खोसिएको भन्दै निर्णयको विरोध गरेको हो । केक्यानले समस्या भएका शैक्षिक संस्थाहरू छुट्याएर मात्र कदम चाल्नुपर्ने र सबै विद्यार्थीलाई अवरुद्ध नगर्न आग्रह गरेको छ ।



संघका अध्यक्ष विष्णु खड्काले नेपाली दूतावास, सिओलले केही कन्सल्टेन्सीले विद्यार्थीबाट बढी शुल्क लिएको उल्लेख गरेकै भरमा सबैका लागि एनओसी रोक्नु गैरजिम्मेवार रहेको जनाएका छन् । दोषी कन्सल्टेन्सीमाथि कडा कारबाही र निर्दोष विद्यार्थीको अधिकार संरक्षण गर्न आग्रह गरिएको छ ।

दक्षिण कोरिया अध्ययनका लागि जाने विद्यार्थीहरू शैक्षिक परामर्श संस्थाबाट ठगिएको उजुरीपछि मन्त्रालयले डेढ महिनाअघि एनओसी वितरण अनिश्चितकालका लागि रोकिएको हो । यसले उच्च शिक्षा हासिल गर्ने तयारीमा रहेका विद्यार्थीहरू प्रभावित भएका छन् । 



केक्यानको विज्ञप्ति :



  • प्रकाशित मिति : १५ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया