लोकतान्त्रिक परिपाटीको निर्माणमा सहिदको योगदान अविस्मरणीय

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले व्यवस्था परिवर्तन गर्न नेपाली जनताले ठूलो त्याग गरेको बताएका छन् । अब नेपालमा पराजित गर्नुपर्ने कुनै शक्ति नभएको मुख्यमन्त्री पोखरेलको दाबी छ ।

गणतन्त्र दिवसका अवसरमा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘राजतन्त्र फाल्न र परिवर्तनका लागि धेरै त्याग र योगदान गर्‍यौँ, अब भने मुलुकमा देखिएको गरिबी, अशिक्षा, पछौटेपन, विभेद र असमानता निर्मूल गर्नुपर्नेछ ।

गणतन्त्रलाई जीवनपद्धतिका रुपमा विकास गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले बलियो राज्य बनाउन संघीयता ल्याइएको र अब तीन तहलाइ नै बलियो बनाउनुपर्ने बताए ।

वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्यका लागि सहिहदहरूले बलिदान गरेको भन्दै उनले लोकतान्त्रिक परिपाटीको निर्माणमा उनीहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । 

संविधानको व्यावहारिक कार्यान्वयन अहिले कर्मचारी समायोजनसम्म बताउँदै उनले अब वित्तीय संघीयता कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको भनाइ राखे । 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १४:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया