सरकार प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन अग्रसर : देउवा

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको दाबी गरेका छन् । त्यसको प्रतिरक्षाका लागि तयारी अवस्था रहन उनले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले भने, ‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र नै हुँदैन ।’ उनले थपे, ‘प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने वेला आएको छ ।’

लोकतन्त्रको लागि लडेको कांग्रेसबाहेक अरूले यसको रक्षा गर्न नसक्ने भन्दै उनले गणतन्त्रलाई रक्षा गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १४:४१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया