राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु अब सपना मात्र हुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले पटक –पटक व्यवस्था र सरकार फेरिदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘सरकारले २८ सालमा आएको ऐन पटक पटक व्यवस्था फेरिए । पटक पटक सरकार फेरियो । तर एउटा शिक्षक ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउँछु भन्नु पनि अब हामीलाई सपना जस्तो भएको छ ।’
उनले सरकारी कर्मचारीले राजनीति गर्न नपाइने व्यवस्था नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न नसक्ने भन्दै सबै भातृ सङ्गठनहरू खारेज गर्नुपर्ने बताए ।
उनले भने, ‘आज जसरी पार्टीका शिक्षकहरू छन् पार्टीका विद्यार्थीहरू छन् । सबै भातृ सङ्गठनहरू खारेज नै गर्नुपर्छ । किनकि सरकारी कर्मचारीले राजनीति गर्ने होइन । त्यो नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न सक्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।