२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

रास्वपाले भन्यो- राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गरिरहेको छ, सच्याइयोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई राज्यले दुर्व्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभए पनि राज्यले गरिरहेको दुर्व्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् । 



उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्र ज्यूको विचार र व्यवहारप्रति सहमति नहोला तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ । त्यसैले त्यसमा सच्याइयोस् ।’

त्यस्तै, उनले गत वैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरेको प्रमाणित भएको बताए । 



उनले भने, ‘वैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा वाक्य प्रयोग गर्नुभयो कि ‘नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुपर्ने थियो । एक झापु लगाए । ठिक गरेर हिरासतमा पुराए’उहाँप्रति आभारी छ कि स्विकार्नु भयो राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु । आइन्दा कुनै मन्त्री र महामन्त्री यो विषयमा वादविवाद गर्न नआउनुहोला ।’



  • प्रकाशित मिति : १६ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया