२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

शेरबहादुर देउवाको दाबी- कांग्रेसले सधैँ श्रमिकलाई अधिकार दिलाइरह्यो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकहरूको सम्मान र  हकहितको विषयमा नेपाल ट्रेड युनियन कांग्रेसले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताएका छन् ।

१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बोल्दै उनले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रूपमा उभिदै आएको बताएका हुन् ।



उनले भने, ‘श्रमिकहरूको सम्मान र  हकहितको  विषयमा श्रमिक आन्दोलनलाई सक्षम र श्रममैत्री बनाउन नेपाल ट्रेड युनियन कांग्रेसले  खेलेको भूमिका अत्यन्तै प्रशंसनीय छ । नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रूपमा उभ्याउँदै आएको छ ।’ 

उनले नेपाली कांग्रेस श्रमिकहरूलाई सीमित अधिकार दिलाउने पक्षमा सधैँ अग्रस्थानमा रहेको बताए । उनले स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति निर्माण गर्दै श्रमिकहरूलाई पूर्ण अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।



उनले भने, ‘नेपाली कांग्रेस श्रमिकहरूलाई अधिकार दिलाउने पक्षमा सधैँ अग्रस्थानमा छ । सामाजिक सुरक्षाले श्रमिकहरूको आफ्नो सम्मान गर्दै आफ्नो भविष्यको सुनिश्चित गर्ने विश्वास लिएको छु । स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति निर्माण गर्नु छ । श्रमिकहरूलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगारमा वृद्धि गर्ने गरी सरकारको नीति तथा कार्यक्रममा नयाँ बजेट ल्याउनुपर्छ ।’ 



  • प्रकाशित मिति : १८ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया