नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा श्रमिकहरूको सङ्ख्या १ करोड ६९ लाख रहेको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बोल्दै उनले दुई तिहाइ श्रमिकहरू अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको बताएका हुन् ।
उनले भने, ‘श्रमिक भनेका शारीरिक र मानसिक रूपले आफ्नो क्षमता प्रयोग गरेर वस्तु र सेवा उत्पादन गर्ने समाजको उपयोगी चिजहरू उत्पादन गर्ने मान्छे नै श्रमिक हो । नेपालमा श्रमिकहरूको सङ्ख्या १ करोड ६९ लाख छ । विश्वका २०० देश मध्ये संसारका ३७ औँ सबै भन्दा ठूलो श्रमिक भएको देश नेपाल पनि हो । हामी सानो होइनौँ, धेरै श्रमिक भएको मुलुकमा नेपाल पनि पर्छ । हाम्रा दुई तिहाइ श्रमिकहरू अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्छन् ।’
उनले नेपालको सबैभन्दा ठूलो समस्या रोजगारीको भएको बताए । उनले रोजगारी नै प्राप्त गर्न नसक्नु नै हाम्रो देशको दुर्भाग्य भएको बताए ।
उनले भने, ‘नेपालको सबैभन्दा ठूलो समस्या भनेको रोजगारीको हो । रोजगारी नै प्राप्त गर्न नसक्नु नै हाम्रो देशको दुर्भाग्य हो । पुरुष श्रमिक भन्दा महिला श्रमिक बढी रहेको तथ्याङ्कले देखाएको छ । हामीले श्रमिकहरूलाई अहिले पनि हक अधिकारहरू दिलाउन सकेका छैनौँ । राजनीति एउटा तमासा जस्तै भएको छ । जनतालाई झुटा सपना देखाउने, चुनाव जिताउने, सत्तामा गएर जनताले तिरेको जुन कर छ त्यसैमाथि लुट मच्चाउने गरिएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।