२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

देशको विकास गर्न कस्ता नीति ल्याउनुपर्छ भन्नुहोस्, राष्ट्रिय सहमतिबाट पारित गराउँछौँ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक, सामाजिक विकास गराउनुपर्ने बताएका छन् । 

बिहीबार नेपाली कांग्रेसको जनसम्पर्क विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक विकास गर्नको लागि राष्ट्रिय सहमति गराएरै नीतिगत परिवर्तन गर्ने विश्वास दिलाए । 



उनले भने,‘विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक, सामाजिक विकास गराउन के कस्ता नीतिगत परिवर्तन गर्नुपर्छ निर्धक्क भन्नुहोस् । राष्ट्रिय सहमति गराएरै त्यसलाई पारित गराउँछौँ । विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्याहरू समाधान गर्ने प्रवासमा रहेका नेपालीहरूलाई अध्ययन रोजगारी र व्यवसायमा सघाउने राज्यका निकायहरूलाई परिचालन गराउने सबै क्रियाशील रहनेछु । विश्वको जुनसुकै मुलुकमा भए पनि नेपालीप्रति सम्मान आदरभाव प्रकट हुने अवस्था सिर्जना गर्नुहुनेमा म विश्वस्त छु ।’ 

उनले विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरूप्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । अमेरिका तथा भारतमा रहेका प्रवासी नेपालीलाई पार्टीको केन्द्रीय सदस्यमा प्रतिनिधित्व गराएको भन्दै युरोपलगायत कतिपय छुटेका देशबाट पनि पार्टीमा प्रतिनिधित्व गराउने उनको भनाइ छ ।



उनले भने,‘तपाईंहरुलाई पार्टीको गतिविधिमा समान रूपले प्रतिनिधित्व गराउँदै लैजाने अभिप्रायले जनसम्पर्क समितिको गठनलाई उत्तिकै महत्त्व दिएका छौँ । जति देशमा पार्टी संगठनको निर्माणमा दिएका छौँ । पार्टीको महाधिवेशन, महासमितिमा प्रतिनिधित्वको अलावा, समान नागरिक अधिकार दिने कुरामा पनि प्रयास गरिरहेका छौँ । लोकतन्त्रलाई बचाउन तपाईँहरू जस्ता शिक्षित अनुभवीले परिस्थिति मिलाएर नेपाली काँग्रेसलाई पवित्र मन–वचन र कर्मले निरन्तर सघाउनुपर्ने खाँचो छ । विदेशमा रहेका नेपालीहरूको प्रतिनिधित्व अमेरिका र भारतले पाएको छ हाम्रो केन्द्रीय सदस्यको रूपमा तर युरोप छुटेको छ । एसिया पनि छुटेको छ । आउँदो पार्टीको महाधिवेशनमा विधानलाई संशोधन गरेर प्रतिनिधित्व सुनिश्चित गर्छौँ ।’ 



  • प्रकाशित मिति : १८ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया