२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

सिंहदरबारमा ओली-देउवाबीच भेटवार्ता
फाइल तस्बिर

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ ।

बिहीबार बेलुका दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रम र आगामी संसद् सत्रको तयारीबारे छलफल भएको स्रोतले जनाएको छ ।



सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहानै सुरु भएको यो भेटलाई पछिल्लो समय राजनीतिक समीकरणमा देखिएको तरल अवस्थासँग पनि जोडेर हेरिएको छ । 

स्रोतका अनुसार दुई नेताबीच हालको सरकारको स्थायित्व, दलहरूको भूमिकाबारे आपसी बुझाइ आदान–प्रदान भएको छ ।



छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बोलाइएको थियो । तर, उनी भने उपस्थित भएनन् ।

प्रचण्ड सचिवालयका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट औपचारिक निम्तो आए पनि अध्यक्ष दाहाल छलफलमा सहभागी नभएका हुन् ।

ओली–देउवाको छलफलमा संसद् सत्र सुरु हुनुअघि सरकारको नीति तथा कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे पनि विचार–विमर्श भएको छ ।   



  • प्रकाशित मिति : १८ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया