२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

आणविक वार्ताअघि अमेरिकाद्वारा नयाँ प्रतिबन्ध, इरानले गर्‍यो निन्दा

आणविक कार्यक्रमबारे हुने चौथो चरणको वार्ताअघि अमेरिका र इरानबीचको तनाव पुनः चुलिएको छ ।

संयुक्त राज्य अमेरिकाले इरानी तेल कारोबारमा संलग्न सात विदेशी कम्पनीमाथि नयाँ प्रतिबन्ध घोषणा गरेपछि इरानले उक्त कदमलाई ‘आर्थिक आतङ्कवाद’ को संज्ञा दिएको छ । प्रतिबन्धित कम्पनीहरूमध्ये चार यूएईमा र एक टर्कीमा रहेको जनाइएको छ ।



अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अस्थिरता फैलाउने गतिविधिका लागि तेल र पेट्रोकेमिकल कारोबारमार्फत स्रोत जुटाइरहेको आरोप लगाउँदै प्रतिबन्धलाई जायज ठहर गर्नुभएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले विकासशील राष्ट्रहरूबीचको कानुनी सम्बन्धमा हस्तक्षेप गर्ने अमेरिकी कदम कूटनीतिक सद्भावको अभाव भएको टिप्पणी गर्नुभयो ।



इरानले आणविक वार्तामा राजनीतिक र आर्थिक प्रतिबन्धहरूमा राहत माग गरिरहेको छ । तर, अमेरिकाले प्रतिबन्धको रणनीति कडा बनाउँदै गएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमै सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका फिर्ता गराई कडा प्रतिबन्ध लगाएका थिए । दोस्रो कार्यकालको सुरुवातमै उनले इरानलाई पुनः ‘अधिकतम दबाब’ रणनीतिमा ल्याएका छन् ।



  • प्रकाशित मिति : १८ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया