२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्जलाई किन गरे बर्खास्त ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई बर्खास्त गरेका छन् ।


सिग्नल नामक मेसेजिङ एपमा यमनमाथिको हमलाबारे ट्रम्प सरकारका शीर्ष अधिकारीहरूबीच भएको छलफलमा पत्रकार जेफ्री गोल्डबर्गलाई गल्तीले समावेश गरेपछि वाल्ज विवादमा तानिएका थिए ।



गोल्डबर्ग एट्लान्टिक पत्रिकाका प्रधान सम्पादक हुन्, जसले यसबारे विस्तृत लेखमार्फत खुलासा गरेका थिए ।

सो घटनापछि ह्वाइट हाउसमा वाल्जको आलोचना भएको थियो । ट्रम्पले आफ्नो कार्यकालको सयौं दिन पुगेपछि मात्रै उनलाई हटाउने निर्णय गरेका थिए ।​



ट्रम्पले वाल्जलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत बनाउने बताएका छन् । विदेशमन्त्री मार्को रूबिओलाई हाललाई राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।



  • प्रकाशित मिति : १९ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया