माध्यमिक तहसम्म निःशुल्क शिक्षा

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत गर्दै उनले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिने बताएका हुन् । 

त्यस्तै, उनले ७७ जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने पनि बताएका छन् । डा. खतिवडाले राष्ट्रपति शिक्षा सुधार कोष सञ्चालन गरिने पनि बताए । 

नेपाल सरकारबाट उपलब्ध गराइने छात्रवृत्तिलाई एकीकृत गरिने र २ सय १२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिने पनि उनले जानकारी गराए ।

त्यसैगरी, उनले २२ लाख २९ हजार बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने बताए । विद्यालयहरूलाई अपांगमैत्री बनाइने बताउँदै उनले सामुदायिक विद्यालयका छात्रालाई स्यानेटरी प्याड निःशुल्क उपलब्ध गराउने बताए । 

त्यसैगरी, ८३ हजार युवालाई सीपमूलक तालिम प्रदान गर्ने पनि बताए । नेपालमा स्थापित सबै विश्वविद्यालयलाई एकरूपता कायम गर्न  छाता ऐन ल्याइने बताए । 

मदन भण्डारी औद्योगिक विश्वविद्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको बताउँदै उनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि १ खर्ब १० करोड बजेट छुट्याएको बताए । 



हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने बताउँदै खतिवडाले त्यसका लागि कुल १ खर्ब ६३ खर्ब ६६ करोड बजेट छुट्याएको बताए । हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने पनि उनले बताए ।  



  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १६:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया