२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

राष्ट्रपति भन्छन्- संविधान संशोधन हुन्छ, गणतन्त्रविरोधीलाई कडा प्रतिवाद गरिने छ

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानमा रहेका कमीकमजोरी सच्याउन संशोधनको प्रक्रिया अघि बढाइने बताएका छन् ।


शुक्रवार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपतिले संविधानको समीक्षा आवश्यक रहेको औंल्याउँदै राजनीतिक समझदारीका आधारमा संशोधन गरिने स्पष्ट पारे । ‘संविधानको समीक्षा गरी आवश्यक परिमार्जन आपसी समझदारीसहित गरिनेछ,’ उनले सम्बोधनमा भने ।



राष्ट्रपति पौडेलले गणतन्त्रविरोधी गतिविधिप्रति सरकार गम्भीर रहेको संकेत गर्दै अराजकता र प्रतिक्रियावादी प्रवृत्तिविरुद्ध कडा प्रतिवाद गरिने पनि बताए । ‘अराजकता फैलाउनेविरुद्ध सरकार दृढ छ । गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिनेछ,’ उनले भने ।

संविधान जारी भएको एक दशक पुग्दै गर्दा त्यसको कार्यान्वयनसँगै उत्पन्न चुनौतीहरू र विद्यमान कानुनी तथा संरचनात्मक कमजोरीबारे बहस भइरहेका बेला राष्ट्रपतिबाट संशोधनको धारणा आएको हो ।  



संविधान संशोधनबारे विगतमा पनि विभिन्न राजनीतिक दलहरूबीच बहस भए पनि ठोस सहमति नजुट्दा प्रक्रिया अघि बढ्न सकेको छैन ।  



  • प्रकाशित मिति : १९ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया