सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेस गरेका छन् । आइतबार बसेको संसद्को संयुक्त बैठकमा पेस नीति तथा कार्यक्रम पेस गरेका हुन् ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
उनले भने,‘संविधानको समीक्षा गर्ने यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनमा देखिएको कमी कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने छ ।’
त्यस्तै उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने पनि जानकारी गराए ।
उनले भने,‘संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने ।’
आर्थिक वर्ष २०८२।०८३ का लागि सरकारका नीति तथा कार्यक्रम शुक्रबारको सङ्घीय संसद् बैठकमा राष्ट्रपतिले प्रस्तुत गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।