२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

सरकारी सेवामा विद्यार्थीलाई इन्टर्न प्रयोग गरिने, कृषि परियोजनामा धितो राखेर कर्जा पाइने

सरकारले सरकारी सेवामा इन्टर्न राख्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न प्रयोग गरिने बताएका हुन् ।


उनले भने, ‘स्थानीयदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ । स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गराइनेछ । हप्तामा २० घण्टाको न्यूनतम ज्याला निर्धारण गरी कमाउँदै पढ्दैको नीति लागू गरिनेछ ।’



त्यस्तै स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीलाई अनुसन्धानमूलक काममा आबद्ध गराउने र हप्ताको २० घण्टाको ज्याला पनि निर्धारण गरिने उनले बताए । राष्ट्रपति पौडेलले कृषि उद्यम परियोजनालाई धितो राखेर कृषि कर्जा दिइने समेत बताए । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले त्यस्ता कर्जामा युवा पुस्तालाई समेट्ने बताए ।

त्यस्तै कृषिलाई प्रवर्द्धन गर्नका लागि भूमि बैंकलगायतका कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले कृषि कार्यमा हुने आकस्मिक क्षतिको परिपूरण हुने पनि बताए ।  उनले नेपालमै प्रांगरिक मल उत्पादन गरिने र रासायनिक मलको बिक्री वितरण नयाँ तरिकाले सञ्चालन गरिने बताए ।





  • प्रकाशित मिति : १९ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया