२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्क बनाइने

सरकारले काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र विकास गर्ने भएको छ । 


शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र मनोरञ्जन पार्कको रूपमा विकास गरिने जानकारी दिए । 



‘काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र मनोरञ्जन पार्कको रूपमा विकास गरिने छ,’उनले भने । उनले रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने, अत्यावश्यक वस्तु तथा सेवा अभाव हुन नदिन भण्डारण क्षमता, मूल्य गुणस्तर अनुगमनमा जोड दिइने पनि जानकारी दिए । 

उनले भने, ‘रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने छ । उत्पादन र लागत घटाउन दिगो पूर्वाधार विकास  गरिनेछ  । अत्यावश्यक वस्तु तथा सेवा अभाव हुन नदिन भण्डारण क्षमता, मूल्य गुणस्तर अनुगमनमा जोड दिइनेछ ।’ 





  • प्रकाशित मिति : १९ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया