१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ गरिने, सेनाको बङ्करदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता दिइने

सरकारले राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति कार्यान्वयनलाई थप प्रभावकारी बनाइ राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ गर्ने भएको छ ।
 
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि आवश्यक भौतिक पूर्वाधारका संरचना निर्माण गरी आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने बताए ।
 
नेपाली सेनाको क्षमता विकास र सङ्गठनात्मक सुदृढीकरण तथा बङ्करदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता दिइ सकल दर्जाका सैनिकलाई क्रमशः आवास सुविधा उपलब्ध गराइने नीति कार्यक्रममा उल्लेख छ ।
 
राष्ट्रिय सेवा दलको कार्यक्रमलाई दुर्गम र सीमान्तकृत क्षेत्रका विद्यालयहरूसम्म विस्तारगरी राष्ट्रप्रति समर्पित, अनुशासित र बफादार युवा जनशक्तिको विकास गरिनेछ । राष्ट्रिय महत्वका ऐतिहासिक गढी र किल्लाहरूको संरक्षण र सम्वद्र्धन गरी स्थानीय पर्यटनलाई प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।








  • प्रकाशित मिति : १९ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया