२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

ज्ञानेन्द्र शाह भन्छन्- सरकारको नीति कार्यक्रम पुरानो ढर्राको च्यातिएको कागज
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गम्भीर असन्तुष्टि जनाउँदै तीव्र आलोचना गरेका छन् ।


सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सांसद शाहीले नीति तथा कार्यक्रमलाई ‘पुरानो ढर्राको च्यातिएको कागज’ भनेका छन् । उनले लेखेका छन्, ‘टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो, अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो- यस्तै छ सरकारको नीति तथा कार्यक्रम ।’



सरकारले वर्षेनी दोहरिने ‘गरिने छ, भनिने छ, सुनिने छ’ शैलीमा कामको योजना ल्याउने गरे पनि व्यवहारमा परिणाम शून्य रहेको शाहीको आरोप छ । उनले भनेका छन्, ‘यो सुगा रटाइजस्तो मात्रै हो । न युवाको रोजगारीको ग्यारेन्टी छ, न देशको आर्थिक उत्थानको कुनै स्पष्ट खाका ।’

शाहीले नीति तथा कार्यक्रमको मूल उद्देश्य देशको समृद्धि नभइ भ्रष्टाचारलाई संस्थागत गर्नु रहेको आरोपसमेत लगाएका छन् । ‘यो त केवल भ्रष्टाचारीलाई संरक्षण गर्न र तीनलाई अझ सुदृढ बनाउने नक्कली दस्तावेज हो,’ उनले भनेका छन् ।  





  • प्रकाशित मिति : १९ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया