कट्टर प्रतिद्वन्द्वीहरूबीच तनाव बढेपछि पाकिस्तान प्रशासित काश्मिरले यस क्षेत्रको भारतीय पक्षसँगको वास्तविक सीमा नजिकका बासिन्दाहरूलाई शुक्रबार खाना भण्डारण गर्न आह्वान गरेको छ ।
भारतले २२ अप्रिलमा भारत प्रशासित काश्मिरको पहलगामको पर्यटन स्थलमा सर्वसाधारणमाथि बन्दुकधारीहरूले गरेको आक्रमणका लागि पाकिस्तानलाई दोष दिएको छ । उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । इस्लामाबादले उक्त आरोप अस्वीकार गरेको छ ।
‘नियन्त्रण रेखा (एलओसी) का १३ वटा निर्वाचन क्षेत्रमा दुई महिनाका लागि खाद्यान्न आपूर्ति भण्डारण गर्न निर्देशन जारी गरिएको छ’, पाकिस्तान प्रशासित काश्मिरका प्रधानमन्त्री चौधरी अनवर उल हकले शुक्रबार स्थानीय सभामा भने ।
क्षेत्रीय सरकारले १३ वटा निर्वाचन क्षेत्रमा खाद्यान्न, औषधि र अन्य सबै आधारभूत आवश्यकताहरूको आपूर्ति सुनिश्चित गर्न एक अर्ब रुपैयाँ (३५ लाख डलर) को आपत्कालीन कोष पनि सिर्जना गरेको उनले बताए ।
एलओसीका छेउछाउका क्षेत्रमा सडक मर्मत सम्भारका लागि सरकारी र निजी स्वामित्वको मेसिनरी पनि तैनाथ गरिएको उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।