२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

बाबुराम भट्टराई भन्छन्- नीति तथा कार्यक्रम ‘फर्स्ट डिभिजन’ ल्याउन असफल
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा असन्तुष्टि जनाएका छन् ।


प्रस्तुत कार्यक्रमलाई अघिल्ला वर्षहरूकै निरन्तरता भएको टिप्पणी गर्दै उनले ‘सामान्यरूपमा पास भए पनि फर्स्ट डिभिजन ल्याउन असफल’ भएको धारणा व्यक्त गरेका छन् ।



‘अब हेर्नुपर्ने कुरा बजेटमा के आउँछ भन्ने हो,’ भट्टराईले भनेका छन्, ‘अहिलेसम्म दुई अंकको आर्थिक वृद्धि दर हासिल हुन सकेको छैन। त्यसतर्फ स्पष्ट लक्ष्यसहितको नीति अपेक्षित थियो, तर त्यो देखिएन ।’

उनका अनुसार नीति तथा कार्यक्रमले सुशासन र पारदर्शिता जस्ता महत्वपूर्ण मुद्दामा गहिरो प्रतिवद्धता जनाउन नसकेको छ । ‘भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रहरूलाई बलियो बनाउने स्पष्ट योजना आउनुपर्थ्यो । सुधारको भाष्य चाहिन्थ्यो । त्यो नदेखिएकाले यो कार्यक्रम पनि अघिल्ला वर्षको निरन्तरताभन्दा अलग देखिएन,’ उनले टिप्पणी गरे । 





  • प्रकाशित मिति : १९ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया