१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

सत्तारुढ कांग्रेसको प्रतिक्रिया- नीति कार्यक्रम ठिक, तर बोल्ड हुन सकेन

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।


सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्ने भए पनि त्यसो हुन नसकेको टिप्पणी गरेका हुन् ।



उनले भने, ‘नीति कार्यक्रम समग्रमा ठिकठाकै छ । तर यसलाई अझ परिवर्तन गर्न सकिन्थ्यो ।  केही बोल्ड कुराहरू परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्थ्यो, त्यसो हुन सकेन केही कमी छ, तर समग्रमा ठिक छ । मुलभूत रूपमा कार्यान्वयनमा निर्भर रहन्छ । बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुन्छ ।’

साथै उनले कृषि, शिक्षा र पूर्वाधार क्षेत्रमा जसरी आउनुपर्ने हो, त्यसरी कार्यक्रम नआएको बताए । उनले अर्थतन्त्र चलायमान बनाउन सडक, सिँचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रूपमा आउनुपर्ने त्यो हुन नसकेको बताए ।



उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन सडक, सिँचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रूपमा आउनुपर्ने थियो त्यो हुन सकेन । स्वास्थ्य क्षेत्रमा पनि जुन रूपमा जानुपर्ने हो त्यो व्यवहारमा जान समस्या हुन्छ । यो भन्दा एक कदम अघि बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।’  



  • प्रकाशित मिति : १९ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया