१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

रास्वपाले भन्यो- नीति तथा कार्यक्रम थाकेको सरकारको बासी प्रस्तुति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति कडा असन्तुष्टि जनाएका छन् ।


सांसद शिशिर खनालले सरकार थाकेको, हारेको र कल्पनाशीलता गुमाएको आरोप लगाउँदै कार्यक्रमहरू पुरानै दोहोरिएको टिप्पणी गरे । उनले भने, ‘यो सरकारले नयाँ र सिर्जनात्मक कार्यक्रम ल्याउन सक्दैन भन्ने प्रमाणित भयो । अघिल्ला वर्षका काम दोहोरिएको छ, कल्पनाशीलताको पूर्ण अभाव छ ।’



यस्तै, रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रमलाई ‘थाकेको, अल्छी सरकारको बासी दस्तावेज’ भन्दै टिप्पणी गरे । उनले भने, ‘सबै असफल कार्यक्रम दोहोरिएको छ । २०७४ मा कम्तीमा हावादारी भए पनि कल्पना त थियो, अहिले त्यो पनि छैन ।’

दुवै नेताहरूको साझा धारणा थियो- अहिलेको सरकारसँग न त नयाँ सोच छ, न त नयाँ कार्यक्रम ल्याउने आँट ।  





  • प्रकाशित मिति : १९ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया